सरकारी कार्यालयमा पेन डाउन : मन्त्रीलार्ई कार्बाहीको माग



जनकपुर– सचिव कुट्ने मन्त्रस्लाई कार्बाहीको माग गर्दै शुक्रबार सरकारी कार्यालयहरुले पेन डाउन गरी विरोध गरेका छन् । प्रदेश २ का सचिवलाई मन्त्रीले कुटपिट गरेको विरोधमा उत्रेका कर्मचारीहरूले शुक्रबार प्रदेशका सबै सार्वजनिक कार्यालयमा तीन घन्टा पेन डाउन गरेका हुन्। कर्मचारीहरुले ३ घण्टासम्म पेन डाउन गरेर विरोध गरेपछि सेवाग्रही मर्कामा परेका हुन् ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कार्यकक्षमै कुटपिट गरेको र दोषीलाई कार्बाही नगरेको विरोधमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आह्वानमा कर्मचारीले आन्दोलन थालेका हुन्।

शुक्रबार प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरुमा बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा पेन डाउन गरी बिरोध गरिएको हो।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com