नेता पौडेलको आरोप : सरकारले दोषीलाई संरक्षण गर्यो



चितवन – नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले नै दोषीलाई लुकाउने प्रयास गरेको आरोप लगाएका छन् । प्रेस युनियन चितवनले भरतपुमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वाइडबडी विमान खरीद प्रकरणमा संलग्न दोषीलाई सरकारले कार्बाहीको कठघरामा ल्याउनुको साटो संरक्षण गरेको आरोप लगाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि वाइडवडी प्रकरणमा जोडिएको विषयमा नेता पौडेलले जसको नाम जोडिए पनि निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्नुपर्नेमा जोड दिएका छन् । सुनकाण्ड, वाइडबडीकाण्ड जस्ता धेरै काण्डहरू सार्वजनिक भइरहेका भए पनि यस्ता गैरकानुनी क्रियाकलापमा संलग्नलाई सरकार स्वंयम जोगाउन तिर लागेको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com