आर्थिक अनियमितताको आरोप पुष्टि गर्न चार जिल्लाका एन्फा अध्यक्षलाई चुनौती



प्रकाशित मिति : Jan 18, 2019

अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले आर्थिक अनियमितताको आरोप पुष्टि गर्न चार जिल्लाका एन्फा अध्यक्षलाई चुनौती दिएको छ ।

एन्फाले गरेका कार्यविवरण समेटिएको श्वेतपत्र सार्वजनिक गर्न शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अनियमितताको विषयमा छाननिवन गर्न सरकार र सम्बन्धित निकायलाई चुनौती दिएका हुन् । एन्फाअन्तर्गत्को काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरुले शेर्पालाई अध्यक्षमा निर्वाचि गराउने क्रममा आर्थिक लेनदेन भएको भन्दै अडियो टेप सार्वजनिक गरेका थिए ।

यस्तै, टासी घलेको बर्खास्तीको विषयमा अध्यक्ष शेर्पाले एन्फाको साधारण सभाले घलेलाई मानार्थ अध्ष्यक्षका रुपमा स्वीकार नगरेकाले बर्खास्त गरिएको दावी समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com