अमेरिकामा राजनीतिक विवाद चुलियो, राष्ट्रपति ट्रम्प र सभामुख पेलीसी वादविवादमा उत्रिए



प्रकाशित मिति : Jan 18, 2019

अमेरिकामा राजनीतिक विवाद चुलिएसँगै राष्ट्रपति ट्रम्प र सभामुख न्यान्सी पेलीसीले विदेश भ्रमण रद्द गरेका छन् ।


राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग गरे पनि विपक्षी डेमोक्र्या्टिक पार्टीले त्यसलाई अस्वीकार गरेसँगै राष्ट्रपति र विपक्षी डेमोक्र्या्टिक पार्टीबीच विवाद चुलिएको हो । पर्खाल निर्माण बाहेकको बजेट पारित गर्न विपक्षी डेमोक्राटिक पार्टी तयार रहे पनि राष्ट्रपति ट्रम्पले पर्खालसहितको बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राखेका छन् ।

दुबै पक्षको यही अडानका कारण बजेट अभावमा केन्द्रीय स्तरका धेरै संघीय कार्यालयहरु प्रभावित भएका छन् । संघीय कार्यालयमा कार्यरत करिब ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् । कतिपय कर्मचारीलाई बेतलबी घर बिदामा पठाइएको छ । राष्ट्रपति र विपक्षी डेमोक्र्या्टिक पार्टीबीचको विवाद अब निजी मामिलामा परिणत हुन थालेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com