४ माघ २०७५, शुक्रबार

काठमाडौँ – नेपाल सरकारले अर्थतन्त्रको उत्कृष्ठ हिस्सा मानेको पर्यटनबाट नै नेपालको ६५ अर्ब रुपैया बाहिरिएको छ । सरकारी घोषणापत्रमा रहेको पर्यटन प्रवद्र्धनले विदेशी मुद्रा आर्जन भन्दा बाहिरिएको हो । नेपाललाई पर्यटकिय गन्तव्यको रुपमा बनाउने कसरत गरिरहदा विदेशीले नेपालमा गर्ने खर्च भन्दा नेपालीले विदेशमा गर्ने खर्च बढेको हो ।

गत साउनदेखि मंसिरसम्म ४१ अर्ब ३३ करोड नेपाली रूपैयाँ बराबरको वैदेशिक मुद्रा मुलुक बाहिरिएको छ । विदेश भ्रमण जाने तथा पढ्न जाने नेपालीले विदेशका लागि ४२ अर्ब खर्च गरिरहदा सोही समयमा विदेशीले भने नेपालमा जम्मा ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्र्याएका छन् ।

नेपालमा पनि घुम्न लायकका स्थान हुदा हुदै विदेश प्राथमिकतामा पर्नुलाई प्रविधि माथि नेपालीहरुको चासोलाई पक्कै पनि मान्न सकिन्छ । नेपालमा अझै पनि बेरोजगारी गरिबी जस्ता समस्या भईरहदा पनि नेपालीहरुले विदेश घुम्न तथा पढ्नको लागि खर्च गर्नुलाई सामान्य रुपले मात्र हेरेर भने पक्कै हुँदैन ।

यसरी विदेश भ्रमणमा जाने मध्ये नेता, सरकारी कर्मचारी र सहकारीमा काम गर्नेको संख्या बढी पाईन्छ । ‘कामदार भिसा बाहेकका सबैलाई वैदेशिक मुद्रा सटही गर्दा भ्रमण प्रायोजन भनेर गणना हुन्छ यसमा सभासमारोह लगायतका कार्यक्रममा जाँदा लिएको डलर खर्च नभएर फिर्ता आउँदा त्यसको हिसाब हुँदैन’ उनले भने,‘घुम्नकै लागि भनेर जानेहरूको खर्च त्यो नहुन पनि सक्छ।’

‘थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका मुलुक घुम्न जानेहरूको संख्या पछिल्लो समय बढेको छ’ उनले भने,‘यसले नेपालीहरुको खर्च गर्ने क्षमता बढेको देखाउँछ।’ नेपालीले बाहिर पैसा लैजाने अर्को कारण हो, पढाइ। पाँच महिनामा अध्ययनकै लागि भन्दै २२ अर्ब १३ करोड रूपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। नेपाल विद्यार्थीहरूले अष्ट्रेलिया, अमेरिका र विभिन्न युरोपेली मुलुकमा पढ्नका लागि यो पैसा लिएका हुन्।

अन्य शीर्षकमा १५ अर्ब ४३ करोड बाहिरिएको छ भने त्यसमा २ अर्ब २८ करोड सरकारले खर्च गरेको छ। विदेशी नियोगको खर्च तथा सरकारी भ्रमणमा यो रकम खर्च भएको हो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV