४ माघ २०७५, शुक्रबार

काठमाडौं –  नेपाल खाद्य संस्थानले ४७ जना कर्मचारीको लागि दरखास्त आह्वान गरिएको छ । नेपाल खाद्य संस्थाले प्राविधिक तथा प्रशासनतर्फ बरिष्ठ अधिकृतदेखि सहायक पदसम्मको लागि ४७ जना कर्मचारी माग गरेको हो ।

संस्थानले ७औं तहको वरिष्ठ अधिकृतमा एक जना, छैठौं तहको अधिकृत तहको लागि ११ जना, ५औं तहको वरिष्ठ सहायकमा ९ जना, ५औं तहको मिल अप्रेटर एक जना, चौथो तहको मिल अप्रेटर एक जना र चौथो तहको सहायकमा २३ जना कर्मचारी माग गरेको हो।

बरिष्ठ अधिकृतको लागि स्नातकोत्तर गरेको हुनु पर्नेछ। अधिकृतको लागि स्नातक, वरिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह, सहायकको लागि एसएलसी उत्तीर्ण गरेको हुनु पर्नेछ। हेर्नुहोस विस्तृत विज्ञापन

प्रतिक्रिया दिनुहोस्
LIVE TV