४ माघ २०७५, शुक्रबार

काठमाडौं । आपराधिक क्रियाकलापमा संलग्न अभियूक्तलाई नियन्त्रणमा लिन सिराहामा प्रहरीले गोली चलाएको छ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरीको गोली लागेर स्थानीय प्रमोद यादव सामान्य घाइते भएका छन् । यादवलाई प्रहरीले ‘आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा पछाइरहेको थियो । यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिराहातर्फ लगिएको प्रहरीले जनाएको छ ।

यादवको साथबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV