विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री अ‍ोली आइतबार स्विजरल्याण्ड जाने



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौं । डाओसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक फोरममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली माघ ६ गते आइतबार स्विजरल्याण्ड जानुहुने भएको छ। जनवारी २२ देखि २५सम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुने अवसर नेपालले पहिलोपटक पाएको हो ।

शुक्रबार संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफु विश्व आर्थिक मञ्चको वार्षिक फोरम कार्यक्रममा सहभागी हुने क्रममा स्विजरल्याण्डको डाओसमा जान लागेको जानकारी गराउनु भएको हो ।

वहाँले स्विजरल्याण्डले गरेको यो निमन्त्रणाले नेपालले पाएको सफलतातिर दुनियाँको चासो छ भन्ने स्पष्ट गराउने बताउनुभयो । वहाँले भन्नुभयो ‘अब नेपाल कसैले वास्ता नगर्ने मुलुकको रुपमा होइन, सम्झिन लाएक देशको रुपमा उभिन थालेको छ ।’

जनयुद्धमा फसेको नेपालले गरेको द्वन्द ब्यवस्थापन र संविधान निर्माण प्रक्रियाले
बाह्य संसारको नेपालप्रति चासो बढेकाे स्विजरल्याण्डले गरेकाे पछिल्लाे निम्ताेले प्रस्ट्याउने समेत उल्लेख गर्नुभयाे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com