४ माघ २०७५, शुक्रबार

एजेन्सी । ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप दुर्घटनामा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार बिहीबार उनले चलाइरहेको ल्यान्ड रोभर जीप क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको हो ।

राजकुमार फिलिपलप गाडी

दुर्घटनामा उनलाई कुनै चोटपटक भने लागेकाे छैन । स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्‌वे बाट निकाल्दै ए१४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो।

उनको जीप अर्को किया कारसँग ठोकिएको थियो। सो कारमा रहेका दुई महिलालाई अस्पतालमा उपचारपछि घर पठाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएको थियो।

फिलिप

स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो।

परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन नगरेको बीबीसीले जनाएकाे छ । सान्द्रिङ्घम फर्किएपछि राजकुमारले चिकित्सकलाई देखाएका छन्। राजकुमार अझै गाडी आफैँ चलाउँछन्

प्रतिक्रिया दिनुहोस्
LIVE TV