४ माघ २०७५, शुक्रबार

काठमाडौँ । नेपाली काङ्ग्रेसका पुराना एवं त्यागी नेता केशव रेग्मीको निधन भएको छ । नेता रेग्मीकाे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो ।

नेपाली काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका रेग्मी लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित थिए । उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारपछि केही दिनघि मात्र आफ्नै निवासमा सारिएको थियो । 

पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ । दाहसंस्कारअघि उनको पार्थिव शरीरमा काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । 

विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य भएका रेग्मीले नेपाल विद्यार्थी सङ्घको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे बताइन्छ । प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका स्व रेग्मीका दुई श्रीमती छन् । 

प्रतिक्रिया दिनुहोस्
LIVE TV