४ माघ २०७५, शुक्रबार
  • नविन कुलुङ

काठमाडाैं । पर्यावाची भइसक्यो अब त विनयजंग बस्नेत र बेवारिसे लास । कुलतमा लागेर आफ्नो घर–परिवार, आफन्त शुभचिन्तक सबै गुमाएका बस्नेतले पछिल्लो समय सबैको मन जित्ने काम गर्दै आएका छन् । अहिले उनी बेवारिसेहरूको अभिभावक बन्दै आएका छन् ।

बिहीबार मात्रै उनले सात वटा डुगडुङ्ती गनाउने बेवारिसे लास पशुपति आर्यघाटमा जलाए ।
काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकामा भेटिएर शिक्षण अस्पतालमा महिनौँदेखि थन्किएर रहेका बेवारिसे लासकाे सद्गत एकैसाथ विधिवत् रुपमा दाहसंस्कार गरे ।

त्यहाँ वरिपरिका मानिसहरू भाग दौड चल्यो । बसी नसक्नु भएपछि वरिपरिका मान्छे नाक थुन्दै भाग्दै थिए । तर ती लासलाई उनकै आफन्तको जस्तै गरी निकाल्दै थिए बस्नेत । ती बेवारिसे शवको उनी एक्ला मलामी थिए ।लहरै सात वटा शव राखे । चितामा तीन पटक घुमे र दागबत्ती दिए ।

पाँच वर्षदेखि समाजसेवाको काम गर्दै आएका बस्नेतले हालसम्म १५० वटा बेवारिसे लासको सद्गत गरिसकेका छन् । यसरी पशुपति आर्यघाटमा बेवारिसे लास जलाउने काम बस्नेतबाहेक अरू कसैले पनि गर्दैन ।

हरेक दिन भेटिन्छन् वेवारिसे लास । वेवारिसे लास भेटिएपछि उनलाई नै फोन गर्छन् । विशेषगरी पाटन, त्रिवि शिक्षण अस्पताल, वीर लगायतका अस्पताल र ललितपुर, काठमाडौं र भत्तपुरका प्रहरीहरुले बेवारिसे लास भेटिनसाथ उनलाई फोन गर्छन् ।

उनी जहाँ हुन्छन्,जे गर्दै हुन्छन् । बेवारिसे लास तथा कहीँ कतै वेवारिसे बिरामी छ भन्ने खबर सुने भने खाइरहेको खाना पनि छोडेर दौडन्छन् । तर यी मनकारी युवाको पिर दुख कष्टको पहाड बुझिदिने यो निर्दयी सहरमा धेरै मान्छे छैनन् ।

बस्नेतका अनुसार एउटा लास सद्गत गर्नको लागि मट्टितेल,दाउरा,चिनी लगायतका सामाग्री खरिद गर्दा कम्तीमा १० हजार लाग्छ । त्यो खर्च बस्नेतले कसरी जुटाउँछन् ? यो प्रश्न कसैले सोध्दैनन् ?

उनले आफ्नो अंशका परेको जग्गा बेचेर बेवारिसे लासको सद्गत गरिरहेका छन् । उनी भन्छन्, ‘ बेवारिसे लासकाे सद्गत गर्दा गर्दै मेरो भागमा परेको जग्गा पनि सकिन लाग्यो, तर अभियान रोकिन्न ।’उनले राज्यले गनुपर्ने कर्म एउटा व्यक्तिले गरिरहेको छ । यस्तो विषयमा राज्यको आँखा पर्दैन ।

बिहीबार ७ वटा बेवारिसे लासको सद्गद गर्दा जम्मा ७३ हजार लागेको उनले बताए । लासको
सद्गत गर्न पैसा नपुगेर २० हजार रुपैयाँ बाँकी राखेको समेत उनले बताए । लास जलाउनका लागि मात्रै प्रति लास १६ तिर्नु पर्ने हुन्छ । बेवारिसे लासको सद्गत गर्दा-गर्दा सहकारीको ऋण ब्याजसहित १८ लाख पुगेको बस्नेत बताउँछन् ।

सहकारीहरूसँग चर्को व्याजमा ऋण लिइरहेका छन् । समयमा किस्ता र ऋण तिर्न नसक्दा सहकारीवालाहरुले तारान्तर फोन गर्दछन् । अनि एकातिर टाल्दा अर्कोतिर च्यातिन्छ उनको जिन्दगी । एउटा सहकारीको ऋण तिर्न फेरि अर्को सहकारी गुर्हाछन् । एकातिर ती लासको
सद्गत गर्ने तनाव अर्कोतिर त्यसका लागि आर्थिक जोहो गर्ने तनाव ।

बस्नेतको सामाजिक कर्मको भोक यतिमै मात्र सकिँदैन । उनले ७७ जिल्लाकै काम गर्ने सरकारी अनुमती लिइसकका छन् । तर आर्थिक समस्यले सबै जिल्लामा पुग्न नसकिरहेको बस्नेतले बताए । उनले ललितपुरस्थित ‘एक्सन फर सोसल चेन्ज’ नाम गरेको संस्थाबाट धेरै बेवारिसेहरुलाई वासस्थान समेत दिएका छन् ।

Image result for बा आमा घर

बेवारिसेकाे अभिभावक बनेर मात्रै उनी सन्तुष्ट छैनन् । उनले फेरि उनको अर्को समाजसेवा गरिहेका छन् । ललितपुर टिकाथलीस्थित ‘ बा आमा घर’ निर्माण गरिरहेका छन् । आमा घरको सञ्चालक दिलशोभा श्रेष्ठ र बस्नेतकाे सक्रियतामा बस्नेतकै आफ्नै पितापुर्खाले छाडिदिएको ललितपुर टिकाथलीको जग्गामा बा आमा घर’ निर्माण गरिरहेका छन् ।

सडकमा भेटिने वेवारिसे बा आमा राख्नका लागि आश्रयस्थल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेकाे छ । जसका लागि थप १८ लाख आवश्यक पर्दछ । उनी यो रकम जुटाउन आफ्नो घर नै बैङ्कमा धितो राखेर ऋण लिन अगाडि बढेका छन् । तर निराश छैनन् उनी आशावादी सुनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV