सर्वोच्च अदालतले एकैपटक ९ न्यायाधीशलाई कारबाही गर्‍याे



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौं । सर्वोच्च अदालतले एकैपटक नौ न्यायाधीशलाई कारबाही गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयलाई शुद्धीकरण गर्ने अभियानस्वरूप ती न्यायाधीशलाई कारबाही गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोख्रेलले विभिन्न उच्च अदालतका नौ जना न्यायाधीशको काज सरुवा गरिएको जानकारी दिए । त्यसरी काज सरुवा गरिएकामा पाँच जना विराटनगर उच्च अदालतमा कार्यरत न्यायाधीश छन् ।

साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्तिलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिन खोजेको भन्दै प्रधानन्यायाधीश राणाले ती पाँचजना न्यायाधीशलाई कारबाही गरेका हुन् । कारबाहीमा पर्ने न्यायाधीशहरूमा विराटनगर उच्च अदालतका नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् ।

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने उनीहरूलाई कारबाहीस्वरूप विराटनगर उच्च अदालतबाट न्यायपरिषद् सचिवालयमा तानिएको हो । हाल उनीहरूलाई कुनै जिम्मेवारी नदिई जगेडा सरहमा राखिएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com