पद जाने पक्का भएपछि सरसामान लिन गएकी राजदूत लक्की शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । पद जाने पक्का भएपछि शेर्पा आफ्नो सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी हुन् ।

परराष्ट्रका अधिकारीहरूका अनुसार राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने छन् ।

बर्खास्त भएर बेइज्जती खेप्नुभन्दा राजीनामा दिन मन्त्रालयले सुझाएपछि उनी सामान लिन क्यानबेरा गएको ती अधिकारीकाले जनाएका छन् ।उनीमाथि मानव तस्करिको आरोप लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com