कोपा डेल रे को क्वाटरफाइनलमा बार्सिलोना



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । बार्सिलोनाले लेभान्टेलाई ३–० गोलले पराजित गर्दै टरफाइनलमा प्रवेश गरेको छ ।बार्सिलोनाले यसअघिको पहिलो लेगमा भने २–१ गोलअन्तरको हार ब्यहोरेको थियो ।

नाउ क्याम्पमा भएको स्पेनिस कोपा डेल रे फुटबलको समग्रमा बार्सिलोनाको ४–२ गोलअन्तरको जित भएको हो ।

पहिलो हाफमा २–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । बार्सिलोनाका लागि ५४औं मिनेटमा कप्तान मेस्सीले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com