अर्काे साताबाट कर्मचारी समायोजन थालिने



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । कर्मचारी समायोजनका लागि अनलाइन आवदेन प्रक्रिया सकिएको छ । यससँगै अर्को सातादेखि कर्मचारी समायोजन प्रक्रिया अघि बढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसारअनलाइनमार्फत आवदेन दिएका कर्मचारीहरुको तथ्यांक एकिकृत गर्ने काम सकिएपछि कर्मचारी समायोजन थालिने भएको हो ।

कर्मचारीहरुलाई आफू समायोजन हुन चाहेको तह वा स्थान प्राथमिकता क्रमअनुसार एकभन्दा बढी रोज्ने विकल्प थियो। फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका लागि केही समय लाग्ने भएकाले सायद अर्काे हप्ताबाट समायोजन थालिन्छ भन्दै अधिकारीले सो जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com