६०जना पुरुषले मात्रै नर्सिङ पढ्दै, कलेजमा अधिकाशं पुरुष नर्सको कोटा खाली



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौं । ३० वर्षपछि पहिलोपटक पुरुषका लागि नर्सिङ पढाइ सुरु भएपनि आकर्षण न्युन देखिएको छ । नर्सिङ पढ्ने पुरुषको संख्या निकै न्यून रहेको नेपाल नर्सिङ एशोसियसन जनाएको छ ।

तथ्यांकअनुसार ६०जना पुरुषले नर्सिङ अध्ययन गरिहेका छन्। कलेजमा अधिकाशं पुरुष नर्सको कोटा खाली रहेको बताइएको छ ।

कुनै कलेजमा पुरुष नर्सको संख्या एक जना छ भने कुनै कलेजमा सातजनासम्म रहेको नर्सिङ परिषदले जनाएको छ।

पर्याप्त प्रचार र भर्नाको समयमा सूचना सार्वजनिक नहुँदा नर्सिङ पढ्ने पुरुषको संख्या न्यून देखिएको हुनसक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com