कलेजहरुलाई अन्धाधुन्ध सम्बन्धन दिँइदै, शिक्षाको गुणस्तर घट्यो



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । अन्धाधुन्ध सम्बन्धन दिने प्रवृत्तिले शैक्षिक गुणस्तर घटाएको छ । कजेलहरुलाई सम्बन्धन दिने विषयमा अध्ययन गरी सुझाव दिने कार्यदलले यो कुरा सार्वजनीक गरेको हो ।

गत २२ साउनमा सरकारले कजेलहरुलाई सम्बन्धन दिने विषयमा अध्ययन गरी सुझाव दिने कार्यादेशसहित गठन कार्यदल गरेको थियो । कार्यदलले अन्धाधुन्ध सम्बन्धन दिने प्रवृत्तिले शैक्षिक गुणस्तर घटाएको ठहर गरेको छ ।

विश्वविद्यालय अनुदा आयोगका सदस्यसचिव प्राडा देवराज अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा त्रिभुवन विश्वविद्यालयका प्राडा विनिल अर्याल, गोल्डेनगेट कलेजका रमेश सिलवाल, जनमैत्री बहुमुखी क्याम्पसका भोला ओझा र शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईं सदस्य थिए ।

कार्यदलले विश्वविद्यालयहरुले अनुगमन तथा मुल्याकंन गर्न सक्ने संरचना वा प्रणालीको विकास नहुँदासम्म सम्बन्धनको प्रक्रियालाई स्थगन गर्न सुझाव दिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com