प्रधानमन्त्रीको निर्देशन अटेरी, लिखित निर्देशन आएन भन्दै चल्न दिएन ‘टुटल’ र ‘पठाओ’



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौं । धानमन्त्री केपी ओलीले ‘टुटल’ र ‘पठाओ’ चल्न दिन निर्देशन दिएपनि यातायात व्यवस्था विभागले टेरेको छैन् । मोबाइल एप्लिकेसनमार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिन प्रधानमन्त्री ओलीले बुधबार निर्देशन दिएका थिए ।

सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न प्रधानमन्त्री ओलीले बुधबार निर्देशन दिएका थिए।

तर यातायात व्यवस्था विभागले माथिल्लो निकायबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा ‘टुटल’ र ‘पठाओ’ एप्स प्रयोग गरी भाडामा सञ्चालित मोटरसाइकल र स्कुटर निर्वाध चल्न दिने कुनै निर्णय नभएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com