मन्त्रीहरुको दोहोरो सुविधा अब चट, सम्बन्धित मन्त्रालयबाटै तलबलगायतका सुविधा दिइने



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ – मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको सुविधा कटौति हुने भएको छ । मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित कार्यालयबाट दोहोरो सुविधा लिदै आएको मन्त्रीहरुले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकार सचेत भएको हो ।

अब मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो ।

यसअघि मन्त्रीको तलब तथा सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लिइने व्यवस्था थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com