बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिप परे भयानक कार दुर्घटनामा
४ माघ २०७५, शुक्रबार
बेलायत।
बेलायती महारानी एलिजावेथ दोश्रोका श्रीमान राजकुमार फिलिप भयानक कार दुर्घटनामा परेका छन्। ९७ बर्षीय फिलिपको बिहिवार दिउसो ३ बजे कार दुर्घटना भएको हो।
महारानीको सन्ध्रिङ्गम स्टेट नजिकै भयानक कार दुर्घटनामा राजकुमार फिलिप चढेको रेन्ज रोभर कार अर्को गाडीलाई ठक्कर दिएर बल्ड्याङ्ग खादै उल्टो पल्टिएको थियो। दुर्घटना भयानक भएतापनि फिलिपलाई कुनै पनि चोटपटक भने नलागेको महारानीको कार्यालय बकिंगघम दरवारले जनाएको छ।
दुर्घटना ए १४९ राजमार्गमा भएको बुझिएको छ। फिलिपको कार ठोक्किएको अर्को कारमा सवार २ जनालाई सामान्य चोट लागेको र उनीहरुको घटनास्थलमा नै मेडिकल टोलीले स्वास्थ्य जाँच गरेको बुझिएको छ।