अनसनरत डा केसीलाई उपचारका लागि काठमाडौं ल्याइँदै



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौं । डा गोविन्द केसीलाई काठमाडौं ल्याइने भएको छ । अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि काठमाडौं ल्याउने भएको हो ।

डा केसी इलाममा ९ दिनदेखि अनसनरत रहेका छन् । उनलाई काठमाडौँ ल्याउनका लागि केसी र उनका सहयोगीले सहमति जनाएका छन् ।

सहयोगी प्रितम सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम गएको सरकारी चिकित्सक टोलीको आग्रहमा केसी काठमाडौं आउन राजी भएका छन् ।

केसीकोलार्इ नाइट भिजन हेलिकप्टर मार्फत काठमाडौं ल्याउन लागिएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com