३३ किलो सुन काण्डमा फैसाला गर्ने ५ जना न्यायाधीश कारवाहीमा , स्विस बैंकमा क–कसको पैसा ?(भिडियो)



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. न्यायपालिका शुद्धिकरण अभियानको सकारात्मक संकेत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले ३३ किलो सुन काण्डमा वदनियत राखि न्याय सम्पादन गरेको भन्दै ५ न्यायाधीशलाई एकै पटक कारवाही सुरु गरेपछि न्यायलय सुधारमा केही गर्न खोजेको संकेत देखिएको छ ।

प्रधानन्यायाधीश बने लगत्तै राणाले न्याय सम्पादनमा आएका गुनासो व्यवस्थापनका न्यायिक अनुगमन तथा निगरानी संयन्त्र बनाएका थिए ।

२. नेपालको अवैध आर्जन विदेशी बैंकमा देखाएर त्यही पैसा नेपालमा लगानी गर्नेहरु !

काठमाडौं । नेपाललिक्स २०१९ नाम दिइएको खोजले नेपालका ५५ जनाको विदेशमा लगानी रहेको खुलाएको छ । खोज पत्रकारिता केन्द्र खोपकेको टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्टस् (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी/व्यवसायीदेखि नामै नसुनिएका पनि छन् ।

३. रोजगारीका लागि जापान लग्ने भन्दै २६ जनालाई ठगेर एजेन्ट फरार


सुर्खेत । जापान पठाइदिन्छु भन्दै सुर्खेतको २६ जना ब्यक्तिहरुसँग प्रति ब्यक्ति १ लाखका दरले २६ लाख रुपैयाँ लिई बुटवल ५ सेमलारका गुरु प्रसाद चालिसे फरार भएका छन् । वेरोजगार युवाहरुलाई जपानमा रोजगारी लगाईदिने भन्दै गुरुप्रसाद चालिसेले एक एक लाख मागेपछि पीडितहरुले उनको ग्लोवल आईएमई बैंकमा रहेको खातामा पैसा जम्मा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com