३ माघ २०७५, बिहीबार

काठमाडौँ । तीन पेट्रोल पम्प कारवाहीमा परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने उक्त पेट्रोल पम्पहरुलाई कारवाही गरेको हो ।

विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई आज कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेकाले कारवाही गरिएको जानकारी दिए । ठगी गर्ने उक्त तीन पेट्रोल पम्पलाई नोजलहरु शिल गरी कारोवार रोक्का गरिएको विभागले जनाएको छ ।

LIVE TV