नेपाली कामदार जापान पठाउन औपचारिक छलफल, थप गृहकार्य गर्ने सहमति



प्रकाशित मिति : Jan 17, 2019

काठमाण्डौँ । नेपाली कामदार जापान लैजानका लागि काडमाडौँमा बुधबार जापानी प्रतिनिधिसँग औपचारिक छलफल भएको छ । नयाँ व्यवस्था अनुसार नेपाल र जापानबीच थप गृहकार्य गर्ने सहमति भएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपालीलाई जापानमा काम गर्न पाउने वातावरण बनाउन गृहकार्य गर्ने सहमति गरेको छ। दुवै देशले नेपालको विकासमा योगदान पु¥याउन जोड दिएको छ । नेपाली कामदारले छिटै नयाँ व्यवस्थाअनुुसार जापानमा काम गर्न पाउने वातवरणको सिर्जना गर्न दुवै देशले गृहकार्य गर्ने सहमति भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जापानको अध्यागमन सम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार विदेशी कामदार व्यवस्थापन गर्न जारी भएको नयाँ कानुनी प्रावधानका बारेमा जापानले नेपाललाई जानकारी गराएको थियो । जापानले नेपालसंगै ९ देशबाट कामदार लैजाने निर्णय गरिएको छ ।

 नेपाल,थाइल्यान्ड,चीन, भियतनाम,इण्डोनेसिया, मंगोलिया लगाएत ९ देशबाट जापानले कामदार लैजाने भएको हो । विदेशी कामदारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा काम गर्नुपर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com