सिमरा गोल्डकपमा आयोजक नव जागृति युवा क्लबको विजयी सुरुवात



प्रकाशित मिति : Jan 17, 2019
  • बसन्त खतिवडा

बारा, ३ माघ । बाराको सिमरा रङ्गशालामा बिहीबारबाट शुरु भएको रुस्लान दशौंं सिमरा गोल्डकपमा आयोजक नव जनजागृति युवा क्लवले विजयी शुरुवात गरेको छ । हेटौंडाको मकवानपुर ११ लाई ३–० गोल अन्तरले पाखा लगाउँदै नव जनजागृतिले अघिल्लो यात्रा तय गरेको हो ।

आयोजकको जितमा निरज थापामगरले २ र प्रज्वल थापाले एक गोल गरे । निकै प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबर मै टुङ्गिए पनि दोश्रो हाफमा आयोजकले नव जनजागृतिले ३ गोल गर्दै आफ्नो जीत सुनिश्चित गरेको हो । ८० मिनेटमा छोट्याईएको खेलको दोश्रो हाफको शूरुवातमै आयोजकका लागि ४६ औं मिनटमा सुरज ठकुरीले पाएको फ्रिकिक बल मकवानपुरका गोलकिपर अनिस देउलाले पञ्च गरेको रिबाउण्ड बललाई आयोजकका निरज थापामगरले उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरेका थिए ।

दोश्रो हाफमा हाबी बनेको आयोजक टोलीको राम्रा प्रयासहरु मकवानपुरका गोलरक्षकले बिफल पारे । खेलको ६० औं मिनेटमा आयोजकका प्रज्वल थापाले दोश्रो गोल गर्दै अग्रता दोब्बर पारि जीत सुनिश्चित गरेको हो । यो गोलसंगै हेटौडा दवावमा देखियो । थुप्रै अवसर गुमाएको हेटौंडालाई निराश बनाउँदै खेलको ७१ औं मिनेटमा आयोजकका तर्फबाट पुनः निरज थापामगरले गोल गर्दै खेललाई ३–० को अवस्थामा पु¥याए । निरजले मोहित गुरुङ्गको क्रमपासलाई गोल गर्दै खेललाई ३–० को फराकिलो अग्रता दिलाएका थिए ।

खेलको म्यान अफ दि म्याच आयोजकका निरज थापामगर बने । मगरले दश हजार नगद सहित ट्रफि हात पारेको छ । भोलिको खेल बीरगञ्जको बिशाल मेमोरियल फाउण्डेसन र नेपाल एीिएफ क्लबको विचमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com