संकटालाई हराउँदै नेपाल पुलिस खप्तड गोल्डकपको फाइनलमा



दीपक उपाध्याय
धनगढी – नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । टाइब्रेकरमा संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गोल गरे ।

पाँचौ प्रहारमा सुभाष गुरुङको प्रहार गोलरक्षक रोशन खड्काले बचाए । पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तीर्थ राना र विक्रम धिमाल पेनाल्टीमा सफल भए । पेनाल्टी बचाएका पुलिसका गोलरक्षक रोशन खड्का आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।

पुलिसले अब प्रतियोगिताको उपाधि भिडन्तमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ । मोफसलकै सवार्धिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com