३ माघ २०७५, बिहीबार

काठमाडौं, ३ माघ । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावितदुई राजदूतको नामअनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको आजको बैठकले फ्रान्सका लागि दीपकअधिकारी र थाईल्याण्डका लागि गणेशप्रसाद ढकालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

परराष्ट्र मन्त्रालयका सह–सचिव हुन् । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँचजनालाई विभिन्न देश तथानियोगका लागि राजदूत सिफारिस गरेको थियो । बैठकमा प्रस्तावित राजदूतद्वयले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन र नेपालमा लगानी भित्र्याउने वातावरण बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।

मितिले कुवेतका लागि प्रस्तावित दुर्गा प्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना र संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिका लागि प्रस्तावित मणिप्रसाद भट्टराईको अर्को बैठकमा सुनुवाई गरिने जनाएको छ । उनीहरुविरुद्ध पनि कुनै उजुरी परेको छैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV