नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघद्वारा सोम र अमन सम्मानित



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौं । नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघले आफ्ना पदक विजेता दुई खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।

भारतमा भएको पाँचौं विनर खुला स्नुकर प्रतियोगिताका स्वर्ण विजेता सोम लामा र रजत जितेका अमन कार्कीलाई सम्मान गरिएको हो । न्यु फ्रेन्ड्स क्लब भुटिया नाम्चेको आयोजनामा जनवरी ५ देखि ९ तारिखसम्म भएको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

संघका अध्यक्ष एवं स्नुकर पूर्व च्याम्पियन सरोजकुमार मुल्मी, स्नुकर संघकै पूर्व अध्यक्ष श्यामकृष्ण चित्रकारलगायतले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com