‘प्रेमलीला’को ट्रेलर सार्वजनिक (भिडियाे)



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौँ । फिल्म ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक गरेको छ । फिल्ममा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ।

फिल्मको छायांकन पवन गौतमको र कोरियोग्राफी रामजी लामिछाने र यूवराज वाइवाको हो । फिल्ममा दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई समाबेस गरिएको छ । फिल्मको कथा र पटकथा अभिनेत्री खड्काले नै तयार पारेकी छन् । फिल्मको निर्माण नानीमैंया कार्की र फैजिल फिल्म्सको सहकार्यमा भएको हो।

चन्दन दत्त र सालिक दुलालले सम्पादन गरेका फिल्म फागूण १० गतेबाट रिलिज हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com