सम्भव भयो फोक्सोको जटिल शल्यक्रिया



भक्तपुर – फोक्सोको जटिल शल्यक्रिया नेपालमा नै सम्भव भएको छ । भक्तपुर क्यान्सर अस्पतालले मंगलवार नेपालमै अत्यन्त जटिल मानिने फोक्सोको क्यान्सरको सफल शल्यक्रिया गरेको हो ।

भक्तपुरको दूधपाटीस्थित अस्पतालका वरिष्ठ मुटु, फोक्सो तथा रक्तनलीसम्बन्धी कन्सल्टेन्ट सर्जन डा. मोहनप्रसाद देवभण्डारीको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो । फोक्सोको क्यासर भई अस्पतालमा उपचार गर्न आएका ६५ वर्षीय एक पुरुष बिरामीको बायाँ फोक्सो पुरै काटेर झिक्ने जस्तो जटिल शल्यक्रिया सफल भएको हो ।

शल्यक्रियापछि अहिले बिरामीको अवस्था सामान्य रहेको अस्पताल प्रशासनल बताएको छ । ‘अस्पतालमा फोक्सोको केही भाग काट्ने शल्यक्रिया धेरै भए र भइराखेका भए पनि फोक्सो निकाल्ने सफल शल्यक्रिया भने मंगलबार गरेको हो ।

उक्त शल्यक्रिया गर्न वरिष्ठ चिकित्सक डा. देवभण्डारीलाई एनेस्थेसियोलोजिस्ट डा. दीपेश धिताल तथा उनको टिम र अप्रेसन थियटरका स्वास्थ्यकर्मीहरुले सहयोग गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com