३ माघ २०७५, बिहीबार

काठमाडौं । नेपालको संवैधानिक प्रावधान अनुसार सबै स्थानीय स्तरहरुमा दलित महिला सदस्य अनिवार्य गरेको पाईन्छ । स्थानीय स्तरमा दलित महिलाहरुको पनि समान पहुँच पुगोस भन्ने उद्देश्यले नीति निर्माण गरेको भए पनि दलित महिलालाई सदस्यमा मात्र राख्न भने यही नीतिले सहयोग पुगेको पाईन्छ । जस्ले पनि स्पष्ट हुन्छ कि दलित महिलाहरुको स्तर कहाँ सम्म मात्र पुगेको छ भन्ने । नेपाललाई चार जात छत्तीस वर्णको साझा फुलबारी हो भन्ने गरिन्छ ।

विभिन्न जात जाति र भाषा भाषीको साझा फुलबारी रहेको नेपालमा विभिन्न किसिमका विभेद भने कायमै रहेको छ । जस मध्येको छुवाछुत प्रथा । वास्तवमा दलितहरुलाई यो प्रथाले तल्लो स्तरमा राख्न सहज बनाएको पाईन्छ । सामाजिक संरचना र भौगोलिक कारण पनि समाजमा सबै ठाँउका मानिसहिरुमा समान पहुँच पुग्न नसक्नु स्वभाविक हो ।

समान अधिकारको कुरा सबै ठाँउमा उठिरहेको बेला महिला महिलाबीचको विभेद असमान्य विषय हो । अन्य जातिहरुको महिलामा भन्दा पनि विषेश समानताको छाप दलित महिलामा पुग्न सकेको छैन । दलितमाथिको भेदभाव हिन्दू वर्ण ब्यवस्थाले सृजना गरी दक्षिण एसियाबाट भारत हुँदै नेपालमा आयातित भएको मानिन्छ । मानिसलाई मानिसको जीवनबाट तल्लो स्तरमा झारेर मानिस मानिसबीचमा नै भिन्नता ल्याएको पाईन्छ । हुन त सिंगो दलित समुदाय नै दमनमा पर्नुपरेको तितो यर्थात सबै माझ छ । त्यस माथि पनि महिला दलित समुदायमा समस्या माथि समस्या नै बन्नु भनेको लज्जास्पद कुरा भने पक्कै पनि हो ।

युगौ देखि विभेद, अपहेलित, हुँदै दास युगमा जग हुमिएर सामन्ती युगमा झांगिएर पँुजिवादी युगमा श्रमिक दासताको जीवन बिताउनु परेको अध्ययनहरुले पुष्टि गरेको छ । हिन्दू बर्ण ब्यवस्थाले दलितलाई अलिखित कानुनको रुपमा शोषण गर्याे । फलस्वरुप यसको दुष्प्रभाब गरीब र महिलाहरु पनि धर्मको आडमा अंधबिश्वास, सामाजिक कुरितिको सिकार बन्न विवस भएका हुन । लामो समय दास, र पानी नचल्ने दमित त भए दलित महिला र आम महिला पनि आज सम्म पितृ सत्ताको जातोमुनि जोतिन विवश छन् ।

पुरुषको दासी र प्यासी बनेर नै दास जीवन दलितसंगै भोगेका महिलाहरु सति प्रथा पछि बिधवा वा एकल जीवनको अवशेष यद्यपि समाजमा बिद्यमान छन् । यसैले दलितको समस्या छुवाछुत, भेदभाव, र त्यसको जगबाट उठेको आर्थिक समस्या, भूमि हिनपन, पेशा विहीन, श्रम अनुसारको ज्याला नपाउनु रहेको छ । यसै गरि राजनीतिक रुपमा समावेशी हक र सहभागिता सुनिश्चित नहुनु दलित समुसदायको अर्काे समस्या रहेको सत्कर्म नेपालका अध्यक्ष एवम् सामाजिक अभियान्ता सिताराम थापाको भनाई रहेको छ । हुन त समग्र नेपाली महिलको अवस्था उस्तै रहेको भए पनि महिला भएको कारण नै दबाबमा जिउनु पर्ने र दमनको सीधा प्रभावमा दलित महिलाहरु परेको पाईन्छ ।

अरु समुदायको महिलामा भन्दा कम अवसर र शिक्षामा पुग्न नसकेको कमीको कारण पनि दलित महिलाहरु पछाडि नै परेको पाईन्छ । मिडियामा छाईरहने घटनाहरु मध्ये दलित महिलामाथि शोषण, दमन र अत्याचार पनि एक हो तर पटक पटक समस्या के हो भन्ने थाहा भएर पनि समस्या प्रति चासो नदेखाईनुले समाजलाई आधुनिकताबाद भनिएता पनि उहि पुरानो शैलीमा नै फर्किएको हो कि भन्ने महसुस हुनु कुनै नौलो विषय होईन् ।


राजनीतिक रुपमा केही दलित महिलाहरुले आफ्नो माथिल्लो स्थानमा पुग्न सफल नभएका पनि होईनन् । तर त्यो शहर र माथिल्लो वर्गको परिवार केन्द्रित भएको देखिन्छ । यस बिचमा रहदा पनि दलित महिलाको समस्यामा स्वयंमलाई सचेत र संगठित पार्न र उनीहरुको जीवन बदल्न बागलुङ पर्वतमा पनि धेरै प्रयासहरु गरिएको थियो । दलितहरुलाई युगौ देखि शिक्षा र चेतनाबाट बञ्चित गर्दै मानव सभ्यताको डिजिटल युगमा समेत पुरानै युगको जस्तै भएर बाच्नु परेको पाईन्छ । सामाजिक, राजनितिक क्षेत्रमा दलित र सिंगो मानिसको जीवन बदल्न लागि परेको स्थानीय अभियन्ता भएर बाच्दा समेत धेरै ठाँउमा दलितको लागि आवाज उठाएको कारण नै अपहेलित रहनु परेको अभियन्ता थापाको भनाई छ ।


स्थानीय स्तरमा पनि महिला केन्द्रित भएर धेरै तालिमहरु गर्ने गरेको भए पनि उपल्लो दर्जाका महिलाहरुमा मात्र त्यो सीमित भएको पाईन्छ । स्थानीय निकायहरुमा अहिले लक्षित समूहका लागि कार्यक्रम बजेट विनियोजनमा प्रथामिकता हुदैन, भौतिक निर्माणमा बजेट केन्द्रित हँुदा दलित गरीबको सामाजिक, आर्थिक रुपान्तरणको मुद्दा ओझेलमा परेको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV