प्रधानमन्त्री ओलीद्वारा चोभारस्थित सुख्खा बन्दरगाहको शिलान्यास, मुआब्जाको विषयलाई लिएर स्थानीयद्वारा विरोध प्रदर्शन



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ । कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो ।

बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन गरेका थिए । गत असोज ३० गते पनि बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो ।

स्थानीयबासीले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सार्दै आएका छन् ।

विरोधकाबीच विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउनुभएको छ । बन्दरगाह करिब ६ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com