३ माघ २०७५, बिहीबार

ताप्लेजुङ । अलैँचीको खेति सोचे जस्तो नभएपछि किसान ऋणमा डुबेको छ । ताप्लेजुङ खेवाङका कृषक रनबहादुर सार्कीले धान उत्पादन हुने खेतमा अलैँची लगाए तर, आम्दानि भने भएन ।

सार्कीले सात लाख रुपैयाँ लगानी थपेर अलैँची खेती विस्तार गरेका थिए। ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिए। २्४ मुरी भन्दा बढी धान फल्ने खेतमा अलैँची रोपेपछि सार्कीले चामल खरिद गर्न थाले । अलैँची फलाएर साहुबाट लिएको ऋण तिर्न उनी दिनरात खटे तर अलैँची खेतीबाट राम्रो कमाइ नभएपछि बसाइँ सर्न प¥यो ।

अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि सार्कीले ऋण गरेर अलैँची खेति गर्न थालिएका हुन्। तर बजारमा अलैँचीको मूल्य घट्दै गएको र खेति पनि राम्रो नभएकोले उनी ऋणमा डुब्दै गए ।

अलैँची राम्रो नफलेको र मूल्य पनि नआएकोले सार्कीमाथि ऋण थपिँदै गायो । अहिले सार्की परिवारसहित नुवाकोटमा गएर काम गरेको सार्की बताउँछन् । साहुबाट लिएको ऋणको साँवा र ब्याज हिसाब गर्दा झण्डै १५ लाख पुगेको पनि उनी बताउँछन् ।

अलैँचीको मूल्यमा हुने उतारचढावले किसान मात्रै हैन अलैँची व्यापारी समेत हैरान भएका छन् । उनीहरु समस्यामा पर्नुको कारण छोटो छोटो अवधिमा मूल्यमा आउने उतारचढाव हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV