३ माघ २०७५, बिहीबार

काठमाडौँ । विहिवार नेपाली बजारमा सुनचाँदीको भाउ स्थीर रहेको छ ।

मंगलबार एकैदिन तोलामा ४ सय रुपैयाँले बृद्धि भई सुन पाँच वर्ष यताकै उच्च विन्दुमा पुगेको थियो । तर विहिवार अन्तराष्ट्रिय बजारमा समेत भाउ स्थीर रहेपछि नेपालमा पनि मूल्य नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार फाइन गुणस्तरको सुन ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भयो । चाँदी पनि स्थीर रहदै ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV