एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्दा एक जना पक्राउ



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौँ । एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा कलैया नगरपालिका घर भई हाल ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई रहेको प्रहरीले जनाएको छ। सो घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com