राष्ट्र सङ्घको स्थायी प्रतिनिधिमा नियुक्त गर्ने प्रक्रियामा राई विरुद्ध उजुरीको माग



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौँ । उजुरीको माग गर्दै संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्यूयोर्कका लागि स्थायी प्रतिनिधिमा सफारिस अमृत राईको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

संसदको सुनुवाइ समितिको बिहीबार बसेको बैठकले अमृत राईविरुद्ध १० दिनको म्याद राखि उजुरी आह्वान गरेको हो।

दक्षिण अफ्रिकाको राजदूत रहेका राई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका थिए । गत पुसमा न्यूयोर्कका लागि स्थायी प्रतिनिधिको रूपमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

त्यस्तै आज नै थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारीको सुनुवाइ हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com