११ किलो चरेससहित डान्सबारमा नाच्ने कान्छीमाया पक्राउ



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौँ । ११ किलो चरेससहित कान्छीमाया पक्राउ परेकी छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

बुधवार पत्रकार सम्मेलन गर्दै ब्यूरोले डान्सबारमा काम गर्ने २९ वर्षीया कान्छीमाया घलेलाई सुनधाराबाट पक्राउ गरेको जानकारी दिए । ब्युरोका प्रमुख (डीआईजी) दिनेश अमात्यलेका अनुसार उनले वैदेशिक हुलाक भन्सार कार्यालयबाट हङकङ पार्सल गरेर चरेस पठाउँदै आएका थिए ।

कान्छीमायाको साथबाट १४८ प्याकेट धुपको बट्टा बरामद गरिएको र त्यसभित्र ११ केजी चरेस भेटिएको उनले बताए । प्रहरीका अनुसार कान्छीमाया पूर्वेली मिनी डान्सबारमा नाच्ने काम गर्छिन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com