समायोजनमा जान कर्मचारी उत्साहित



प्रकाशित मिति : Jan 17, 2019

काठमाडौंँ । सरकारले अध्यादेशबाट सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य अगाडि बढाएपछि उच्च सङ्ख्यामा कर्मचारीहरु समायोजनमा सहभागी भएका छन् । बुधवारसम्म करिब ७९ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम भरेपछि अधिकारीहरूले यो सङ्ख्यालाई उत्साहजनक भनेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो, ‘‘समायोजनमा जाने कर्मचारीको सङ्ख्या उत्साहजनक हो ।’’ सरकारले तीनै तहमा कर्मचारी समायोजनका लागि प्रदान गरेको तीन हप्ताको समय बुधवार सकिएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com