जमीन, हावा,समुद्र र अन्तरिक्षमा हमला गर्ने शक्तिशाली सेना बनाउँदै चीन



प्रकाशित मिति : Jan 17, 2019
label

अमेरिकाको इन्टलिजेन्स अफिसरका अनुसार चीनले जमीन, हवा,समुद्र र अन्तरिक्ष मा हमला गर्नसक्ने शक्तिशाली सेना तयार गरिरहेको छ । चीनले आफुलाई निकै शक्तिशाली सावित गर्न यस्तो काम गरिरहेको उनको दाबी छ ।

गत दशबर्ष यता चीनले अदेनको खाडीमा आफुनो सेना पठाएको थियो । त्यस्तै चीनले दक्षिण चीन सागरमा समेत आफ्नो सेना पठाउने तयारीमा रहेको बताइइएको छ । चीनले चीन पीपुल्स लिबरेशन आर्मी (पीएलए) लाई शक्तिशाली उपकरणको रुपमा स्थापित गर्न खोजिरहेको बताइन्छ ।

अमेरिकी विश्लेषकहरुका अनुसार ग्लोबल युद्धको कारणलाई ध्यानमा राख्दै आफ्नो सेना र हतियार शक्तिशाली बनाउनु चीनको उद्देश्य हो । २१औँ शताब्दिको सुरुमा चीनमा अन्र्तराष्टिय रणनिती बताएर आफ्नो सेना र हतियारलाई अन्यदेशहरुको तरिका र तागत भन्दा मजबुत बनाउने योजनामा रहेको बुझिएको छ ।

स्मरण रहोस पीपुल्स लिबरेशन आर्मी (पीएलए)चीन र चीनको कम्युनिस्ट पार्टीको सेनाको नाम हो । जसलाई पाँच क्षेत्र (स्थल सेना, जल सेना, वायु सेना, अन्तरिक्ष एर्व रकेट सेना र रणनीतिक सपोर्ट सेना)मा विभाजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com