२ माघ २०७५, बुधबार

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७४/०७५को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको प्रतिवेदनमा गतवर्षको विकास सहायता अघिल्लो वर्ष भन्दा बढेको उल्लेख छ । आर्थिक वर्ष २०७३/०७४मा १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर सहायता परिचालन भएकोमा २०७४/०७५मा बढेर १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर पुगेको थियो । प्रतिवेदन अनुसार गत वर्ष ऋण सहायता ५० दशमलव ५ प्रतिशत, अनुदान ३५ दशमलव १ प्रतिशत र प्रविधिक सहायता १४ दशमलव ४ प्रतिशत रहेको थियो ।

विश्व बैंकले सबैभन्दा बढी ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह गरेको थियो । एडिबिले २९ करोड १७ लाख, युरोपियन युनियनले ११ करोड ७८ लाख, संयुक्त राष्ट्र संघले ६ करोड ५६ लाख र अन्तराष्ट्रिय कोषले १ करोड ५८ लाख सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV