हत्यामा संलग्न मुख्य दुई अभियुक्त सार्वजनिक



प्रकाशित मिति : Jan 16, 2019

दमौली । हत्यामा संलग्न अभियुक्त दुईलाई सार्वजनिक भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा साबिक मनपाङ गाविस–७ स्थायी घर भई हाल ब्यास नगरपालिका–४ बाघभञ्ज्याङ बस्ने ३९ वर्षीय मङ्गलबहादुर दमै र ब्यास नगरपालिका–४ बस्ने ४२ वर्षीया भारती परियार छन् । ब्यास–४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न भएको आरोपमा उनीहरुलाई गत पुस २९ गते पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

हत्यामा संलग्न रहेका सोही ठाउँका सुकबहादुर परियार भने फरार छन् । पक्राउ परेका भारती मृतकका बुहारी र दमै भाञ्जा हुन् । विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक शाहले जानकारी ए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com