२ माघ २०७५, बुधबार

काठमाडौं । पूर्वमन्त्री बिक्रम पाण्डे धरौटीमा रिहा भएको छ । विशेष अदालतले पाण्डेलाई ४ करोड धरौटीमा रिहा गरेको हो

पाण्डेलाई अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटीमा रिहाइ गर्ने निर्णय गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । अख्तियारको फरार सूचीमा रहेका उनलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो ।पाण्डे म्यादभित्रै अदालतमा हाजिर भएका थिए।

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले पूर्वमन्त्री पाण्डेविरुद्ध गत मंसिर २१ गते २ अर्ब १३करोड ७६लाख रूपैयाँ विगो दाबी गरेको थियो । पाण्डेलाई अख्तियारले वर्ष कैद सजायको माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV