२ माघ २०७५, बुधबार

काठमाडौं – काठमाडौँमा १६८ जनामा इन्फ्लुएन्जा भेटिएको छ । एक महिना यता उपत्यकामा १६८ जनामा इन्फ्लुएन्जा देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंसिरदेखि पुस २६ गतेसम्म ३३४ जनामा गरिएको परीक्षणमा १६८ जनामा इन्फ्लुन्जा भएको पार्ईएको हो ।

जसमा १४६ मा इन्फुलुन्जा एचवान एवान भाइरस देखिएको छ। तीमध्ये ९ जनामा ए एच थ्री र १३ जनामा इन्फ्एन्जा बी प्रमाणित भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको विज्ञप्तिअनुसार पुस महिनामा उपत्यकामा एच् वान् ए वान् भाइरसका कारण एक जनाको मृत्यु समेत भएको छ ।

केही दिन यता उपत्यकाका अस्पतालहरूमा इन्फ्लुएन्जाका बिरामीहरु बढ्दै गएको चिकित्सकहरूले बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV