२ माघ २०७५, बुधबार

काठमाडौं । दिपक मनाङ्गेले विवाहित दम्पत्तीको प्रेमकथामा आधारित रहेर फिल्म निर्माण गर्न लागेका छन् । गुण्डाका नाइके भनेर चिनिएका मनाङ्गे राजनीतिमा लागेर सांसद बनेका दिपक मनाङ्गे अब फिल्म निर्माता बन्ने भएका हुन् । उनले शिशिर राणालाई निर्देशक बनाएर उनी फिल्मको निर्माता गर्न लागेका हुन् ।

गत निर्वाचनमा प्रदेश न ४ मनाङ ‘ख’ बाट बिजयी भएका दिपकले सपथ लिन पाएका छैनन् । सांसद पदमा निर्वाचित भएको एक बर्षसम्म पनि उनले सपथ खान नपाउँदा संसद भवनमा पुग्न सकेका छैनन् । केही दिनअघि गण्डकी प्रदेश सभाको भवन बाहिरसम्म पुगेका थिए । तर बैठकमा बस्न पाएका थिएनन् ।

राजनीतिमा लागेका दिपक फिल्म निर्माता बनेर फेरी चर्चामा आएका छन् । विवाहित दम्पतीको प्रेमकथामा आधारित रहेर फिल्ममा निर्माणमा उनले लगानी गर्ने छन् । तर फिल्मको नाम भने जुराइएको छैन ।

LIVE TV