२ माघ २०७५, बुधबार

नैरोवी – केन्याको राजधानी नैरोबी स्थित होटल एवंम कार्यालयमा बुधबार विहान भएको आतंकवादी हमला नियन्त्रणमा आएको छ । सोमालियाको चरमपन्थी संगठन अल शवावले हमलाको जिम्मेवारी लिदै भनेको छ । हाम्रा लडाकुहरु नैरोवीको होटलमा लडिरहेका छन् ।

भारी विष्फोट र गोलावारीमा ज्यान बचाउन भागीरहेका मानिसहरुलाई मिडियाले देखाएको छ । नैरोवी स्थित वेस्ट ल्याण्ड इलाकामा रहेको डि २ नामको होटल र बैंक कार्यालय आतंकवादीको निसानामा परेका छन् ।

प्रहरी प्रवक्ता चाल्र्स ओविनोले घटना स्थलमा आतंकवादीले नियन्त्रण गर्दै अन्धाधुन्ध ग्रिनेट र गोलावारी गरिरहेका छन्। सरकारी सुरक्षा फौजले घटना स्थललाई चारै तर्फबाट घेरेर आफ्नो नियन्त्रणमा लिने प्रयास जारी राखेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

केन्याका राष्ट्रपति उहुरु केन्याताले भर्खरै मिडियालाई जनाए अनुसार, आतंकवादी विरुद्धको अपरेशन समाप्त भएको छ । केन्याको सुरक्षा फौजले अत्यन्त तेज गतिमा सम्पन्न गरेको उक्त अपरेशनमा १४ आतंकवादी मारिएको राष्ट्रपतिले पुष्टि गरेका छन् ।

यस घटनामा संग्लग्न सम्पूर्ण आतंकवादी मारिए पनि घटनाको योजनाकार र पालनपोषण गर्ने व्यक्तिको खोजी जारी राखिने राष्ट्रपति उहुरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV