२ माघ २०७५, बुधबार

काठमाडौँ – राजेश हमामलको क्रेज र व्यस्तता अहिले पनि उस्तै रहेकको पाईन्छ । पछिल्लो समय कुनै पनि चलचित्रमा काम नगरेको भए पनि क्रेज तथा व्यस्तता भने उस्तै छ । केही वर्ष अघिदेखी पर्दामा कमजोर बनेतापनि पर्दा बाहिर भने बलियो बनी रहेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरिरहेका उनलाई बालक देखी वृद्धसम्मले रुचाएका व्यक्ति हुन । नेपाली चलचित्र उद्योगमा आफ्नो नाम उच्च स्थानमा राख्न सफल उनको स्टाडमको लोभ नगर्ने सायदै होलान् ।

चलचित्र ‘शकुन्तला’मा काम गरेपछि चलचित्रमा काम गर्नबाट विश्राम लिएका नायक हमालको हातमा अहिले कुनै पनि प्रोजेक्ट छैन । उनले चलचित्र बनाउने, उनलाई लिएर चलचित्र बनाउने बिषयमा समाचार त सार्वजनिक भैरहेका छन् । तर, हमालले नयाँ कुनै पनि चलचित्र साइन गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV