२ माघ २०७५, बुधबार

कञ्चनपुर – कञ्चनपुरको पिलरीफाटामा आगलागी भएको छ । मंगलबार राती लागेको आगलागीबाट करिब साढे पाँच लाख बराबरको क्षति भएको छ । आगलागीबाट एक घर र एक गोठ जलेको छ । आगोले स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । गोपाल भुलको घरमा विद्युत सट हुँदा सल्केको आगोले घरभित्र रहेको सुन, सोलार प्यानल, खाद्यान्न, लत्ताकपडा गरी करिब चार लाख रुपैयाँबराबरको क्षति भएको छ ।

घरमा लागेको आगो नजिकै रहेको चन्द्र भुलको गोठमा आगो सल्किई गोठमा समान सहित एक लाख पचास हजार रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको छ । घर र गोठमा आगो लागेपछि स्थानीय गाउँले, शुक्लाफाँटा नगरपालिका ८ को वन वातावरण तथा विपद व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रण लिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV