२ माघ २०७५, बुधबार

एजेन्सी ।  लन्डन क्लब  इंग्लिश क्लब आर्सनलका गोलकिपर पिटर चेकले यो सिजनको अन्त्यपछि खेलाडी जीवनबाट सन्यास लिने भएका छन् । चेल्सीबाट २०१५ मा आर्सनलसँग अनुबन्धित भएका ३६ वर्षे चेकले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्यास लिने  जानकारी दिएका छन् ।

‘प्रीमियर लिगमा १५ वर्ष बिताउँदा मैले सबै उपाधि जितें । अब यो दौडबाट बाहिरिने निर्णय गरेको छु,’ चेकले भने, ‘मैले आर्सनलमा कडा मिहिनेत गरिराखेको छु । आशा छ यो सिजन आर्सनलबाट थप एक उपाधि जित्ने आशा गरेको छु ।’

२००६ अक्टोबरमा रिडिङका स्टेफन हन्टसँग ठोक्किँदा टाउको चोट लागेपछि चेकको शल्यक्रिया गर्नुपरेको थियो । त्यसपछि उनी खेलमा फर्किन सक्छन् कि सक्दैनन् भन्नेमा शंका थियो । ३ महिना मैदानबाहिर रहेका चेकले त्यसपछि टाउकोको सुरक्षाका लागि खेल्ने बेला नियमित मास्क लगाउँदै आएका छन् ।  

इंग्ल्यान्डका पूर्व गोलकिपर सन् २०१५ मा चेल्सीबाट आर्सनल आएका थिए । चेल्सीमा ११ बर्ष बिताएका चेकले १३ उपाधि जितेका थिए । 

चेकले सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले १ सय २४ खेल खेलेका छन् । चेक रिपब्लिकका गोलरक्षक चेक सन् २००४ मा इग्लिस क्लब चेल्सीमा अनुबन्ध भएका थिए । सन् २०१५ मा चेक अर्काे इंग्लिस क्लब आर्सनलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV