२ माघ २०७५, बुधबार

काठमाडौँ । माघे संक्रान्तिको अवसरमा मंगलवार राजधानीमा एक कार्यक्रम बीच फिल्म ‘सानो मन’को औपचारिक निर्माण घोषणा गरिएको छ । यो फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भुमिका रहेको छ ।

मिर सुनवार र निर्देशक गुरुङको लेखनमा रहेको फिल्म हङकङ निवासी सुयोग गुरुङको डेब्यु निर्देशन रहेको छ । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका पर्सनल ट्रेनर हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ ।

फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको फिल्मको घोषणा सभामा आयुष्मानले फिल्ममा आफ्नो नाम निर्वाण भएको बताए । फिल्ममा सानियाको भूमिकामा रहेकी अभिनेत्री शिल्पाले स्क्रिप्ट मन परेका कारण फिल्ममा साइन गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV