२ माघ २०७५, बुधबार
  • के आर पाण्डुलिपि


काठमाडौँ । डिप्रेसन अर्थात् दिग्दारी / चिढचिढे पन अहिले देखिरहेको एक प्रमुख मानसिक स्वास्थ्य समस्या मध्य एक हो । यसले नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कले संसारभर कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी मानिसहरू डिप्रेसनको सिकार भएको तथ्याङ्क पाइन्छ ।


के आर पाण्डुलिपि

डिप्रेसन कम कडा खालको मानसिक रोग हो। अर्थात् यो एक मानसिक अवस्था हो वा अर्को शब्दमा दिक्दारी /चिढचिढेपनको साथै सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो ।
सामान्य भाषामा भन्ने हो भने तनावको अवस्था लामो समय सम्म व्यक्तिमा रहनु डिप्रेसन हो ।

मानिस कुनै काम, व्यवसाय, सम्बन्ध आधी इत्यादिका कारण तनाव मा रहिरहन्छ। तर यही तनावलाई सही समयमै नियन्त्रण गर्न नसकी आफूमा निशापन ल्याउनु एक्लो पन ल्याउनु झर्किने स्वभाव लामो समय सम्म ल्याउँछ भने उसलाई डिप्रेसन भएको हुन सक्छ ।

सामान्य अवस्थामा स्वास्थ्य मानिसले मनलाई कुनै एक फरक अवस्थामा पुराएको छ भने पनि उसले केही समय भित्रै आफ्नो पुरानै अवस्थामा फर्काउन सक्दछ, कुनै मानिस केही कुरा गुमाएको कारण दुःखी भएको छ भने केही समयपछि आफूलाई शान्त बनाई सामान्य अवस्थामा मनलाई फर्काउँदछ,यदि मन आत्तिएको छ ,डराएको छ भने केही समय मन आत्तिन्छ ,डराउँछ र मन आत्तिएको कारण हटिसकेपछि केही समय बितेपछि आत्तिने समस्या आफैँ ठिक हुन्छ। यो भनेको सामान्य अवस्था हो। सामान्यतया बाटो मा एक्लै हिडिरहदा एक्लै बस्था गरिने र सोचिने अनेक किसिमका सोचहरू स्वास्थ्य मानिस निश्चित समय सम्म मात्र गर्न सक्दछ तर डिप्रेसनमा भएको मानिस मा भने यो प्रक्रिया लामो रहन्छ।

हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ। तर कहिले काहीँ केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो पीडा भयो भने त्यही दुःख , पिडाको को अवस्था लामो समयसम्म रहिरहनुलाई डिप्रेसन भन्न सकिन्छ।
यदि यो दुख वा तनाव को कारण केही समय मात्र रह्यो भने त्यो तनाव हो भने त्यही कारण १४ दिन भन्दा बढी सम्म रह्यो भने डिप्रेसन हुन्छ ।

डिप्रेसन किन हुन्छ ?

डिप्रेसन किन र के कारणले हुन्छ भन्ने एउटै परिभाषा भने पाइँदैन । यसका कारण हरूलाई यही कारण हो भनेर तोक्न पनि सकिँदैन । डिप्रेसन को कारण तनावको जस्तो कुनै एक कारण नै हो भन्ने हुँदैन ।डिप्रेसन विभिन्न उमेर समूहका व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ। मानसिक रोग विशेषज्ञ तथा केही शोधका अनुसार शरीरभित्रको रसायनमा कमी हुनाले पनि डिप्रेसन हुन्छ भन्ने छ । मानव मस्तिष्कमा पाइने विभिन्न प्रकारका रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ भने शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनको कमी या बढी हुनुले पनि यो अवस्था निम्ताउन सक्दछ ।
भने बढी चिन्ता, पिर, डर, पिडा,दु:ख जस्ता कारण भने यसका प्रमुख कारण नै हुन्न ।

डिप्रेसनका कारण :

सामान्यतया डिप्रेसन हुनुको कारण यही हो भन्ने छैन । यसका कुनै पनि आधिकारिक कारण भने फेला परेको छैन तर डिप्रेसनलाई प्रभाव पार्ने तथा बढुवा दिने कारणका रूपमा निम्न कारणहरू लाई लिइन सकिन्छ ।

१) बंशाणुगत : बशाणुगत कारण एक प्रमुख कारण हो। यदि परिवारको कुनै सदस्य जस्तै बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिको पुस्तालाई कुनै पूर्व समयमा डिप्रेसन भएको थियो भने अहिले को पुस्तामा हडिप्रेशन हुनसक्छ।

२)तनाव र जीवनमा घटेका केही विशेष घटना: कुनै निश्चित कुराको कारण आएको तनाव स्थाई रूपमा लामो समय सम्म रही रहनु , बेरोजगार, रोग ब्याधिले च्याप्नु, परीक्षामा फेल हुनु, प्रेम वियोग हुनु, प्रिय मान्छे गुमाउनु , अप्रिय घटना घट्नु जस्ता कुराले पनि डिप्रेसन निम्त्याउन सक्छ ।

३) शरीरमा रासायनिक परिवर्तन आउनु :
केही रसायनकी परिवर्तनहरूको कारण पनि यो समस्या आउन सक्दछ ।जस्तै विभिन्न प्रकारका रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो इन्जाइम हरूमा असन्तुलन आउनु जस्ता कारण ले पनि डिप्रेसन हुन सक्दछ ।

यसरी हेर्दा कुनै पनि घटेका घटना दुर्घटना अथवा तनावको स्थितिलाई समाधान गर्न सकियो भने डिप्रेसन हुँदैन तर त्यो तनावपूर्ण अवस्थालाई मानसिक रूपले समाधान सकिएन भने डिप्रेसन उत्पन्न हुन्छ।

डिप्रेसनका लक्षणहरू:

सामान्यतया डिप्रेसनका कारण लाई यसरी हेर्न सकिन्छ

-उदासीनता/ उदास हुनु
-निन्द्रा ठिक सङ्ग न आउनु
-इच्छाशक्तिको अभाव
-रिसाहा वा चिढचिढे हुनु
-शारीरिक कमजोरी/ थोरै काम गर्दा धेरै थकाई महसुस हुनु

  • नकारात्मक सोच राख्नु
  • ध्यानको कमी
  • आत्मबलको कम्जोरी
  • हीनताबोध का साथै

बिना कारणले सानो–सानो कुरामा पनि पश्चात्ताप हुने हुन्छ। खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने, मर्ने बारे सोच्नु आदि यसका लक्ष्ाण हुन्न । यदि यस्ता लक्षण हरूलाई बेवास्ता गरेको खण्डमा कडा खालको मानसिक समस्या देखिन सक्छ ।

(लेखक हाल त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय क्याम्पस मा स्वास्थ शिक्षा बिषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ। साथै एक पारामेडिकल बिद्यार्थी पनि हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्
LIVE TV